एजेन्सी - संयुक्त राष्ट्र संघ (युएन)ले आगामी दिनहरुमा कोरोना भाइरसको संकटबाट अति प्रभावित हुने राष्ट्रहरुमा यस महामारीबाट जुध्नका लागि सहयोग रकम बढाउनुपर्ने अपिल गरेको छ ।

युएनले उक्त सहयोग रकम दुई अर्ब डलरबाट बढाएर ६.७ अर्ब डलर पुर्याउन बिहिबार अपिल गरेको छ । संयुक्त राष्ट्रको मानवीय मामलाका एजेन्सी प्रमुख मार्क लोककले दोहोर्याएका छन् कि यो महामारीबाट सबैभन्दा नराम्रो दिन ३ देखि ६ महिनामा सबैभन्दा गरिब राष्ट्रहरुमा आउने सम्भावना नरहेको तर ती राष्ट्रहरुको आयमा प्रतिकुल असर पुगेको उनले बताए ।

रोजगारी सकिएको, खाद्य आपूर्ति प्रभावित भएको, आर्थिक संकट पैदा भएको जस्ता समस्याहरु झेल्नु परेको उनी बताउँछन् ।

संयुक्त राष्ट्र संघको नयाँ अपिलमा ९ अतिरिक्त आरक्षित राष्ट्रहरु समावेश गरिएको छ । जसमा बेनिन, जिबुटी, लाइबेरिया, मोजाम्बिक, पाकिस्तान, फिलिपिन्स, सियरा लियोन, टोगो र जिम्बाब्वे रहेका छन् ।