हालसम्म ५५० स्थानीय तहको मत परिणाम सार्वजनिक, कुन दलले कति ठाउँमा जिते ?
काठमाडौं - गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । देशका ७५३ स्थानीय तहमध्ये हालसम्म ५५० वटामा मतगणना कार्य सकिएको छ ।
हालसम्म प्राप्त अन्तिम मतपरिणाममध्ये सबैभन्दा बढी पालिकाको प्रमुख तथा अध्यक्ष पद नेपाली कांग्रेसले जितेको छ ।कांग्रेसले हालसम्म २५३ स्थानीय तहको प्रमुख तथा अध्यक्षमा विजय हात पारिसकेको छ ।
स्थानीय तह निर्वाचनमा प्रमुख तथा अध्यक्ष पदमा निर्वाचित हुने दोस्रो ठूलो संख्या नेकपा एमालेका उम्मेदवारको छ । एमालेका उम्मेदवार हालसम्म १५२ स्थानमा विजय भइसकेका छन् ।
तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले हालसम्म १०२ स्थानीय तहको प्रमुख तथा अध्यक्ष पदमा जित निकाल्न सफल भएको छ ।
जनता समाजवादी पार्टी (जसपा), नेपालले हालसम्म १३ वटा स्थानीय तहको प्रमुख तथा अध्यक्ष पद जितेको छ । नेकपा एकीकृत समाजवादीका उम्मेदवार हालसम्म १२ पालिकाको प्रमुख तथा अध्यक्ष पदमा निर्वाचित भएका छन् ।
अन्य दल र स्वतन्त्र उम्मेदवारले १८ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस