काठमाडौं - पछिल्लो २४ घण्टामा ४ हजार ४७ जनालाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

योसंगै कुल संक्रमितको सख्या १ लाख ११ हजार ८  सय २ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म ७७ हजार २ सय  ७७ जना संक्रमणमुक्त भएका छन् । आज १४७३ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।