काठमाडौं - हङकङमा जारी हङकङ सिक्सेस क्रिकेटमा नेपाल अफ्रिकासँग पनि पराजित भएको छ ।

आज बिहान भएको खेलमा दक्षिण अफ्रिकाले नेपाललाई चार विकेटले हराएको हो । नेपालले दिएको ५९ रनको लक्ष्य दक्षिण अफ्रिकाले तीन ओभर चार बलमा दुई विकेट गुमाएर भेट्टायो ।

दक्षिण अफ्रिकाका ब्लेक डेभिड सिम्पसनले सबैभन्दा धेरै अविजित ३० रन बनाए । नेपालका लोकेश बमले दुई विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपाल निर्धारित छ ओभरमा ५८ रनमा अलआउट भयो । नेपालका राशिद खानले सबैभन्दा धेरै १६ रन बनाए । दक्षिण अफ्रिकाका जोरिच भ्यान शाल्कविक, अब्दुल्ला बेयुमी र ब्लेक डेभिड सिम्पसनले समान दुई विकेट लिए ।

पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । नेपालको समूहबाट अफगानिस्तान र दक्षिण अफ्रिका क्वार्टरफाइनल पुगेको छ । हिजो भएको आफ्नो पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको थियो ।