कोरोना प्रभावित व्यवसायीले ५ करोडसम्म पुनःकर्जा पाउने
काठमाडौं - कोरोनाभाइरसको महामारीको कारण प्रभावित व्यवसायीले ५ करोडसम्म पुनःकर्जा पाउने भएका छन्। कोरोनाका कारणले समस्यामा पारेका उद्योगी र व्यवसायीले ५ करोडसम्म पुनःकर्जा पाउने नेपाल राष्ट्र बैंकले जनाएको हो।
राष्ट्र बैंकले सूचना निकालेर बैंक तथा वित्तीय संस्थाहरुलाई पुनःकर्जाका लागि आवेदन दिन आग्रह गरेको हो। राहतको लागि माग भइरहेको बेला राष्ट्रबैंकले कोरोनाबाट अति प्रभावित र मध्ये प्रभावित व्यवसायीहरूलाई पुनःकर्जाको नीति लिएको हो।
यससँगै कोरोनाका कारण समस्यामा परेका उद्योगी र व्यवसायीले आफूले कारोबार गरेको बैंकमा पुनःकर्जाको लागि आवेदन दिन सक्ने छन्। उनीहरुले ५ करोडसम्म पुनःकर्जा लिन सक्नेछन्। पुनःकर्जा लिन चाहने व्यवसायीले आफुले कारोबार गरेको बैंकको शाखामा मंसिर १९ गतेभित्र निवेदन दिनुपर्छ।
सरकारले यातायात, पर्यटन, चलचित्र उत्पादन, सिनेमा हल, रोजगारी गुमेका, कुखुरापालन व्यवसाय, पशुपन्क्षी, हवाई तथा पर्यटकीय मनोरञ्जन, मनोरञ्जन पार्क, रिक्रिएसनसम्बन्धी व्यवसाय पार्टी प्यालेस, मत्स्यपालन लगायतका व्यवसायलाई कोरोना प्रभावितको सूचीमा राखेको छ। यि लगायतका व्यवसायीहरुले पुनःकर्जा लिनको लागि आवेदन दिन सक्नेछन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस