एनआरएनएको विश्व सम्मेलन आजदेखि काठमाडौंमा
काठमाडौं - गैरआवासीय नेपाली संघ (एनआरएनए)अन्तराष्ट्रिय समन्वय परिषदको नवौं विश्व सम्मेलन तथा महाअधिवेशन आजबाट काठमाडौंमा सुरु हुँदैछ ।
संघले सोमबार पत्रकार भेटघाट कार्यक्रम गरी सम्मेलनको तयारी पूरा भएको जनाएको छ । होटल हायातमा हुने सम्मेलनको विहान १० बजे राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । सम्मेलन ३० गतेसम्म चल्नेछ ।
संघका महासचिव बद्रि केसीले सम्मेलनमा २५ सय प्रतिनिधि सहभागी हुने बताए । ‘म, मेरो, एनआरएनए र मेरो नेपाल’ नारासहित आयोजना गरिएको सम्मेलनमा ८१ देशका गैरआवासीय नेपाली सहभागी हुने संघले जनाएको छ ।
राजधानीको होटल हायात रिजेन्सीमा हुने सन् २००३ देखि विदेशमा छरिएर रहेका गैरआवासीय नेपालीलाई समेट्ने क्रममा संघले ८१ मुलुकमा आफ्नो राष्ट्रिय समन्वय परिषद् गठन गरिसकेको छ ।
यो महाधिवेशनले आगामी कार्यकालका लागि नेतृत्वसमेत चयन गर्नेछ । आगामी नेतृत्वका लागि उपाध्यक्षद्वय कुल कुमार पन्त र कुल आचार्यले उम्मेदवारी दिने घोषणा गरेका छन् ।
आचार्यले सोमबार पत्रकार सम्मेलन आयोजना गरी आफ्नो प्यानल घोषणा गरेका छन् । आचार्य प्यानलबाट महासचिवमा जानकी गुरुङ बेल्जियम, उपाध्यक्षमा डा. केशव पौडेल अमेरिका, मन केसी अस्ट्रेलिया, नरेन्द्र भाट मध्यपूर्व र महिला उपाध्यक्षमा रबिना थापा अमेरिकाले उम्मेदवारी दिने घोषणा गरेका छन् । कोषाध्यक्षमा सोम सापकोटाले उम्मेदवारी दिनेछन् ।
पन्त टिमले आज आफ्नो प्यानल घोषणा गर्ने जनाएको छ । यद्यपी, सहमतिको प्रयास पनि जारी छ । तर दुवै अध्यक्षका उम्मेदवारले आफ्नो अडान नछाड्ने बताउँदै आइरहेका छन् । काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)अन्तराष्ट्रिय समन्वय परिषदको नवौं विश्व सम्मेलन तथा महाअधिवेशन आजबाट काठमाडौंमा सुरु हुँदैछ ।
फेसबुक पेज Like गर्नुहोस