उल्लेख्य सफलता हासिल गर्दै विद्युत नियमन आयोग स्थापनाको छोटो समयमा अभूतपूर्व कार्य
काठमाडौं - विद्युत नियमन आयोग स्थापना भएको छोटो समयमा धेरै उल्लेख्य उपलब्धिहरु हासिल गर्न आयोग सफल भएको छ । आयोगले विद्युत महसुल दर घटाउनेदेखी थुप्रै कामहरु आम नागरिकको हितमा गरेको छ ।
आयोगका पदाधिकारीहरु पनि विद्युत क्षेत्रमा लामो समय विभिन्न ठाँउमा सफलतापूर्वक नेतृत्व गर्दै आयको व्यक्तिहरू भएकाले आयोगले छोटो समयमा महत्त्वपूर्ण उपलब्धिहरु हासिल गर्न सफल भएको हो । आयोगका अध्यक्ष दिल्ली बहादुर सिंह लगायतका टिम सशक्त भएको कारण पनि पर्याप्त कर्मचारी नहुँदा नहुदै पनि आयोग सफल भएको उर्जा मन्त्रालयका एक उच्च कर्मचारी बताउछन् ।
आयोगले मिति २०७७/०३/०१ मा विद्युत महसुल दर सरदर ९% ले घट्ने गरी निर्धारण गरेको थियो भने आ.व.२०७८/०७९ को लागि नेपाल विद्युत प्राधिकरणले उपभोक्ता विद्युत महसुल दर निर्धारण गर्न आयोग समक्ष दिएको निवेदनमा आयोगले मिति २०७८/०७/०८ मा उपभोक्ता विद्युत महसुल दर केही घट्ने गरी निर्धारण गरेको छ ।
नेपालमै उत्पादित ऊर्जाले आयातित एल.पी. ग्यासलाई बिस्थापन गर्न सकोस् भन्ने उद्धेश्यले विद्युतिय चुल्हो तथा विद्युतिय सवारी साधन लगायतको प्रयोगमा प्रोत्साहन हुने गरी महसुल दर निर्धारण भएको छ । उपभोक्ता विद्युत महसुल दर तथा विद्युत खरिद बिक्री दर निर्धारण उपर निर्णय लिनु अघि उपभोक्ता तथा सरोकारवालाको राय,सुझाव तथा प्रतिक्रिया लिन सार्वजनिक सुनुवाईको परिपाटीको विकास समेत आयोगले गरेको छ ।
१० मेगावाट भन्दा कम क्षमताका साना जलविद्युत आयोजनाहरूले आफ्ना आयोजनाहरूबाट सुख्खा यामका महिनामा उत्पादन हुने विद्युतको परिमाणको पूर्वानुमान (एभाइलेबिलिटि डीक्लेरेसन) नमिलेको खण्डमा नेपाल विद्युत प्राधिकरणलाइ जरिवाना तिर्नु पर्ने व्यवस्था भएकोमा अब एक हप्ता अगाडि पनि जुनसुकै प्रतिशत सम्मको पुर्वानुमान गरी प्राधिकरणमा पठाउन सकिने प्रावधान राखिएको छ । यसबाट साना तथा रुग्ण जलविद्युत आयोजनाहरूलाई राहत मिलेको तथा समुचित विद्युत प्रवाह प्रणालीमा सहयोग मिलेको छ ।
आयोजना निर्माणका क्रममा लिएको ऋणको सावाँ वा ब्याज वा दुवै तिर्न नसक्ने अवस्थामा पुगेका रुग्ण जलविद्युत आयोजनालाई पुनरकर्जा सुविधा दिलाउन ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय एवम् नेपाल राष्ट्र बैंकसंग आवश्यक पहल एवम् समन्वय गरी ३% व्याज दरमा पुनर्कर्जा सुविधा उपलब्ध गराउन सहयोग गरेको छ ।
विद्युत खरिद बिक्री तथा अनुमति प्राप्त व्यक्तिले पालना गर्नुपर्ने शर्त सम्बन्धी विनियमावली, विद्युत उपभोक्ता महसुल निर्धारण निर्देशिका, सार्वजनिक सुनुवाई सञ्चालन निर्देशिका, एक आपसमा गाभिन मिल्न,शेयर खरिद बिक्री वा हस्तान्तरण,प्राप्ती वा ग्रहण सम्बन्धी निर्देशिका, विद्युत सम्बन्धी कम्पनीको शेयरको सार्वजनिक निष्काशनको पुर्व स्वीकृती तथा नियमन सम्बन्धी निर्देशिका लगायतका अत्यावश्यक विनियमावली तथा निर्देशिकाहरू तर्जुमा गरी कार्यान्वयन भएको छ ।
प्रसारण लाइन निर्माण तथा सञ्चालनका लागि प्रसारण ग्रीडको ग्रीड संहिता तयार गर्ने क्रममा ग्रीड कोडको कार्यक्षेत्रगत अवधारणा (TOR) तयार गर्ने कार्य भैसकेको छ भने थुप्रै विनियमावलीहरु स्वीकृतिको चरणमा रहेका छन् ।
फेसबुक पेज Like गर्नुहोस