काठमाडौं - कोरोना भाइरसको संक्रमणबाट बच्न जर्मनीका सबै राज्यमा फेसमास्क अनिवार्य गरिएको छ ।

सार्वजनिक स्थल, सार्वजनिक गाडी, किनमेलका लागि बजार जादाँ, मास्कको अनिवार्य प्रयोग गर्नुपर्नेछ । ब्रेमेन शहरले भने यसबारे निर्णय गर्न बाँकी छ ।

राष्ट्रव्यापी लकडाउनमा खुकुलो गरेपछि गत हप्ता नै चान्सलर एन्जेला मार्केलले मास्क प्रयोग गर्नुपर्ने बताएकी थिइन् ।

अस्ट्रियाले यसै महिनाको सुरुबाट किनमेलमा जादाँ अनिवार्य मास्क लगाउनुपर्ने नियम लगाइसकेको छ। बुधबारबाट प्रतिबन्धहरु खुकुलो पारेको स्विजरल्याण्डले आफ्ना नागरिकहरूलाई मास्क लगाउने लगाउने बताएको छ।

हालसम्म जर्मनीमा १ लाख ४५ हजार ६ सय ९४ जनामा कोरोनाको संक्रमण भेटिएको र ४ हजार ८ सय ७९ जनाको मृत्यु भएको छ ।