काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बिहिबार प्रतितोलामा ९ सयले घटेर ९१ हजार एक सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको मूल्य तोलाको ९० हजार ६ सय रुपैयाँ‍ रहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बिहिबार चाँदी प्रतितोलामा २० रुपैयाँले घटेर एक हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।