काठमाडौं - कोरोना भाइरसको संक्रमणबाट विश्वका विभिन्न देशमा १४ नेपालीको मृत्यु भएको छ । ६ सय ७५ जना नेपाली संक्रमित भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ ।

एनआरएनएका अनुसार बेलायत, अमेरिका र साउदी अरब (यूएई) मा गरी कोरोना भाइरसका कारण १४ नेपालीको मृत्यु भएको हो ।

जसअनुसार बेलायतमा ८, अमेरिकामा ५, साउदीमा १ नेपालीको मृत्यु भएको हो।

अमेरिकामा मात्रै ५०० भन्दा बढी नेपाली संक्रमित भएका छन् भने बेलायतमा सय भन्दा बढी संक्रमित रहेका छन् एनआएरएनएले जनाएको छ ।

यस्तै पोर्चुगलमा २२, स्पेनमा १८, जर्मनीमा ४, अस्ट्रेलियामा ९, यूएईमा १०, कुवेतमा ५, जापानमा १, मलेसियामा १ र हङकङमा १ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ। अन्य देशमा पनि विवरण संकलन भइरहेको एनआरएनले जनाएको छ।