फेरी घट्यो सुनको मूल्य
खबर एक्सप्रेस
२०७७-०५-२१ ११:०६ मा प्रकाशित
Total Shares: 289
काठमाडौं - आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोलामा ३ सय रुपैयाँले घटेर ९६ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ । शुक्रबार पनि सुन प्रतितोलामा एक सय रुपैयाँले घटेर ९६ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने बढेको छ । आइतबार चाँदी प्रतितोलामा १० रुपैयाँले बढेर एक हजार ३ सय २० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

.gif)




फेसबुक पेज Like गर्नुहोस