कोरोना संक्रमितको उपचारमा प्रयोग हुने औषधिको अभाव छैन : औषधि उत्पादन संघ
खबर एक्सप्रेस
२०७८-०२-०७ ०६:०३ मा प्रकाशित
Total Shares: 336
काठमाडौं - नेपाल औषधि उत्पादन संघले कोरोना संक्रमितको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधिको अभाव नरहेको जनाएको छ ।
संघले शुक्रबार विज्ञप्ती जारी गरी संक्रमितको उपचारमा प्रयोग हुने १३ प्रकारका औषधीको पर्याप्त मौज्दात रहेको जनाएको हो ।
कोरोना संक्रमितको उपचारमा प्रयोग हुने एमोक्सीसिलिन औषधी १ करोड २० लाख मौज्दात रहेको भन्दै संघले एजिथ्रोमाइसीन, सोडाइन फोस्फेट, कफ सिरप, डेक्सामिथासोन ट्याब लगायतका औषधी मौज्दात रहेको जनाएको हो ।
आन्तरिक ढुवानी तथा कुरियरमा समस्या भएका कारण बजारमा माग अनुसारको ढुवानी गर्नमा भने ढिलाई भएको संघको भनाइ छ ।
फेसबुक पेज Like गर्नुहोस