पोखरा - गण्डकी प्रदेशमा थप १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा चार जिल्लाका व्यक्तिमा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये पवर्तका २, बाग्लुङका २, स्याङ्जाका २ र म्याग्दीका ६ जना रहेका छन् ।

पर्वत, बाग्लुङ र स्याङजाका संक्रमितलाई आईसोलेसनमा राखिसकिएको छ भने म्याग्दी जिल्लाका संक्रमितलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार २ सय ९० पुगेको छ । यस्तै, ९ सय ३८ जना निको भैसकेका छन् ।

No photo description available.