काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन कायम रहेको बताएको छ । 

बुधबार दिउँसो बसेको केपी ओली पक्षीय एमाले संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने र मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । तर, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले आफूहरुकाे समर्थन कायमै रहेको बताएका हुन् । 

उनले उक्त निर्णय आधिकारिकता नभएकोसमेत बताए । ‘त्यो गुटगत बैठक हो।, निर्णयप्रति सहमति छैन । आधिकारिकता र बहुमत पनि छैन । कर्णाली प्रदेश सरकारप्रति नेकपा (एमाले) प्रदेश सभा दलको समर्थन कायमै छ।’ ज्वालाले भने । 

कर्णाली प्रदेशमा एमालेबाट ज्वालासहित सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा छन् ।