कांग्रेस संसदीय दलको बैठक आज बस्दै
खबर एक्सप्रेस
२०८१-०३-२३ ०९:२४ मा प्रकाशित
Total Shares: 169
काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ ।
संघीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा दिउँसो ३ बजे दलको बैठक बस्न लागेको हो ।
बैठक पछिल्लो राजनीतिक घटनाक्रमा केन्द्रित हुने बताइएको छ । कांग्रेस र एमालेबीच नयाँ सरकार गठन गर्ने सहमति भएको छ ।
एमालेले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । प्रधानमन्त्री प्रचण्डले असार २८ गते सदनमा विश्वासको मत लिने भएका छन् । सदनमा कसरी प्रस्तुत हुनेलगायत विषयमा बैठकमा छलफल हुने बताइएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस