काठमाडौं - अविरल वर्षाका कारण मंगलबार राति खसेको पहिरोले कालीकोटको नरहरिनाथ गाउँपालिका –७ माल्कोट बागामा एकै परिवारका ७ जनासहित ८ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार पहिरोमा परी ज्यान गुमाउनेमा ६२ वर्षीय गंगे बुढा, उनकी ६१ वर्षीया पत्नी नैना, बुहारी २४ वर्षीया कुशा बुढा, नातिनी १० वर्षीया चन्द्रिका बुढा, ७ वर्षीय नाति राम बढा, एक वर्षका चरित्र बुढा र १८ वर्षीय छोरी विमला रहेका छन् ।

यस्तै सोही गाउँपालिकाको वडानम्बर ४ माझगोठीमा पहिरोमा परेर ६५ वर्षीय मना बुढाको मृत्यु भएको छ । पहिरोमा ७० वर्षीय बाले बुढा भने बेपत्ता छन् ।