सर्लाही - सर्लाहीमा यात्रुबहाक बस पल्टिँदा सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ ।

गएराति पौने ९ बजे यात्रुबहाक बस पल्टिँदा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक विजय कुमार तुलाधरको मृत्यु भएको हो ।

बलरा नगरपालिका–९ स्थित बीओपी छतौनामा अनियन्त्रित भएर बस पल्टिँदा उक्त हताहत भएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

उपचारका लागि अस्पताल पुर्याएका तुलाधरलाई चिकित्सकले मृत घोषणा गरेको थियो । घटनाको प्रहरीले अनुसन्धान थालेको छ ।