रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने कांग्रेसको निर्णय
खबर एक्सप्रेस
२०७९-११-१३ १०:०६ मा प्रकाशित
Total Shares: 187
काठमाडौं-नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
आज बिहान ललितपुरस्थित पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले राष्ट्रपतिमा पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
राष्ट्रपतिको निर्वाचनका लागि आजै मनोनयन दर्ताको कार्यसूची रहेको छ । राष्ट्रपतिको मतदान यही फागुन २५ गते हुँदैछ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस