काठमाडौं - विचाराधीन मुद्दा प्रभाव पार्न खोजेको भन्दै सर्वोच्च अदालतका चार जना पूर्वप्रधानन्यायाधीश  मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ, अनुपराज शर्मा र सुशीला कार्कीविरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ ।

बुधवार सर्वोच्च अदालतमा उनीहरुविरुद्ध मुद्दा दर्ता भएको हो ।  मंगलबार रित नपुगेको भन्दै मुद्दा दर्ता हुन पाएको थिएन । अधिवक्ता लोचन भट्टराईसहितका केही कानून व्यवसायीले पूर्वप्रधानन्यायाधीशहरू अवहेलना मुद्दा चलाउन माग गर्दै निवेदन दिएका हुन् ।

संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सुनुवाइ भइरहेका बेला त्यसलाई प्रभावित पार्ने गरी विज्ञप्ति निकालेको आरोप छ ।