काठमाडौं - एमालेको केन्द्रीय कमिटी बैठकले पार्टी एकताका लागि अधिकतम प्रयास गर्ने निर्णय गरेको छ।   

साउन ४ गतेबाट सुरु भएर आज सकिएको एमाले केन्द्रीय कमिटीको बैठकले बाटो बिराएकालाई गल्ती सच्याएर आएमा समेट्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि अन्तिम समयसम्म प्रयास गर्ने बताएको ज्ञवालीले बताए ।