प्रधानन्यायाधीश जबराले तोके २२६ मुद्दाको पेशी
खबर एक्सप्रेस
२०७८-०८-०८ १०:५७ मा प्रकाशित
Total Shares: 341
काठमाडौं - प्रधानन्यायाधीशले चोलेन्द्र शमशेर जबराले बुधबारका लागि १० इजलास गठन गरेका छन् । प्रधानन्यायाधीश जबराले दुई एकलसहित आठ संयुक्त इजलास तोकेका हुन् । १० इजलासमा २२६ मु्द्दाको पेशी तोकिएको सर्वोच्चले जनाएको छ ।
सबै इजलासमा बन्दीप्रत्यक्षीकरणसहित सबै खाले मुद्दाको पेशी तोकिएको छ । यता नेपाल बार एसोसिएसनले भने आन्दोलन जारी राखेको छ । बारले बुधबार पनि सर्वोच्चको मूल गेटमा धर्ना दिएको छ । बारले जबरालाई बहिर्गमनका लागि दबाब दिन सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास गर्ने जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस