मेयरबाट मलाई राजीनामा दिन लगाउन खोज्दैछन् : बालेन शाह
खबर एक्सप्रेस
२०७९-११-१३ ०४:२६ मा प्रकाशित
Total Shares: 157
काठमाडाैं - काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई मेयर पदबाट राजीनामा गराउन खोजिएको बताएका छन्।
मेयर शाहले शनिबार सामाजिक सञ्जालमार्फत आफूलाई राजीनामा गराउन खोजिएको बताएका हुन्। उनल यो देश कहिल्यै नबन्नेसमेत जनाएका छन ।
‘मेयरबाट मलाई आज राजीनामा दिन लाउन खोज्दैछन्। यो देश कहिले पनि बन्दैन,’ शाहले भनेका छन। तर, उनले कसले राजीनामा दिन लगाउन खोजेको हो त्याे भने केही खुलाएका छैनन् ।
अचानक देखा परेकाे मेयर शाहकाे याे स्टाटसले तरंग उत्पन्न गर्ने भएकाे छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस