काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४१९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३१६१ जना, भक्तपुरमा ५०४ जना र ललितपुरमा ५३३ जना कोरोना संक्रमित भेटिएका हुन् ।