काठमाडौं - लगातारको अविरल वर्षाले तनहुँको शुक्लागण्डकी नगरपालिका अन्तर्गत सेती नदीस्थित बस्ती डुबानमा परेको छ ।

सेती नदी बस्तीमा पसेपछि शुक्लागण्डकी नगरपालिका–८ र ४ को पुल्चोक क्षेत्र डुबानमा परेको हो । वडा नम्बर ४ का २८ घर र वडा नम्बर ८ का १४ घर गरी ४२ घर डुबानमा परेका छन् । 

शुक्लागण्डकी ८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीका अनुसार डुबानमा परेका ती परिवार विस्थापित गरिएको छ । मानवीय क्षति भने अहिलेसम्म भएको छैन ।  हाल उक्त क्षेत्रमा उद्दारका लागि सुरक्षाकर्मी सहित स्थानीयहरु खटिएका छन् ।