युभेन्टसका प्रशिक्षक पिर्लो बर्खास्त
खबर एक्सप्रेस
२०७८-०२-१४ ०५:३२ मा प्रकाशित
Total Shares: 972
काठमाडौं,एजेन्सी - इटालियन क्लब युभेन्टसले आफ्ना मुख्य प्रशिक्षक आन्द्रे पिर्लोलाई बर्खास्त गरेको छ।
पछिल्लो सिजन पिर्लोले कार्यभार सम्हाले पछि युभेन्टसले लिग जित्न त सकेन नै शीर्ष चारमा रहेर च्याम्पियन्स लिगको यात्रा सुरक्षित गर्न पनि लिगको अन्तिम खेलसम्मै कुर्नुपरेको थियो।
उनको नेतृत्वमा युभेन्टसले सुपर कप र कोपा इटालिया भने जितेको थियो। अघिल्लो समरमा मउरिजियो सारीको स्थानमा युभेन्टसले उनलाई प्रशिकका रुपमा भित्र्याउँदा आश्चर्यका रुपमा हेरिएको थियो। उनको प्रशिक्षणमा रहेको टोलीले सन् २०१२ पछि पहिलो पटक लिग उपाधि जित्नबाट चुकेको थियो।

.gif)



फेसबुक पेज Like गर्नुहोस