युनाइटेडका प्रशिक्षक सोल्सार बर्खास्त
खबर एक्सप्रेस
२०७८-०८-०५ ०५:२६ मा प्रकाशित
Total Shares: 795
काठमाडौं - म्यान्चेटस्टर युनाइटेडले मुख्य प्रशिक्षक ओले गन सोल्सारलाई बर्खास्त गरेको छ ।
सोल्सारको प्रशिक्षणमा क्लबले लगातार खराब प्रदर्शन गरेपछि क्लबको बोर्ड बैठकले बर्खास्त गर्ने निर्णय गरेको हो । शनिबार वाटफोर्डसँग ४–१ ले पराजित भएपछि क्लबले सोल्सारलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।
लिग अन्तर्गत पछिल्ला पाँच मध्ये चार खेलमा पराजित भएपछि युनाइटेडका प्रतिनिधि सोल्सारदेखि रुष्ट थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस