अभिनेत्री काजलले गरिन् विवाह
खबर एक्सप्रेस
२०७७-०७-१५ ०१:२८ मा प्रकाशित
Total Shares: 1082
काठमाडौं, एजेन्सी - चर्चित बलिउड अभिनेत्री काजल अग्रवालले विवाह गरेकी छिन्। उनले आफ्ना प्रेमी गौतम किचलुसँग मुम्बईको एक होटेलमा विवाह गरेकी हुन्। कोरोनाका कारण उनको विवाहमा निकै कम आफन्त सहभागी थिए। उनले आफ्ना घरपरिवार वाहेकलाई बोलाएकी थिइनन्।
अहिले उनको विवाहको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। उनको विवाहस्थल सेता फूलले सिंगारिएको थियो।
विवाहअघि संगीत सेरोमनी भएको थियो। काजलका पति गौतम किचलु व्यवसायी हुन्। उनी डिस्सर्न लिभिङ डिजाइन सपका मालिक हुन्। उनको इन्टरियर डिजाइन कम्पनी पनि छ। बलिउडको चर्चित फिल्म सिंघमकी अभिनेत्री काजल दक्षिण भारतीय फिल्ममा बढी चर्चित छिन्।
फेसबुक पेज Like गर्नुहोस