काठमाडौं - सत्ता गठबन्धनको बैठक सुरु भएकाे छ ।  अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतामा सहमति खोज्ने प्रयासमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएकाे हाे । 

बैठकमा नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादवलगायत शीर्ष नेताहरु सहभागी छन् ।

पटक-पटक बसेका सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन हुँदै आएका छन् । गठबन्धनका पाँच दल नै पाँचतिर भएपछि एमसिसी संसदमा टेबुलसमेत हुन सकेको छैन । प्रतिनिधिसभाको बैठक आज नै बस्दैछ तर, सम्भावित कार्यसूचीमा एमसीसी अटाएको छैन ।