रोनाल्डोले युभेन्टस छाड्ने निश्चित
काठमाडौं,एजेन्सी - पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले युभेन्टस छाड्ने लगभग निश्चित भएको छ ।
रोनाल्डोले क्लब छाड्न चाहेको कुरा युभेन्ट्सका सहकर्मी खेलाडीलाई जानकारी गराएका छन् । शुक्रबार भएको युभेन्टसको ट्रेनिङमा ४० मिनेटमात्रै सहभागी भएर निस्किएका रोनाल्डोले सो कुरा आफ्ना सहकर्मीलाई बताएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
स्टार स्ट्राइकर रोनाल्डो इंग्लिस क्लब म्यानचेस्टर सिटी जाने चर्चा छ । त्यसका लागि रोनाल्डोका एजेन्ट जोर्गे मेन्डिसले तलबबारे सिटीसँग कुराकानी गरिरहेको बताईएको छ ।
पाँच पटकको बालोन डी ओर विजेता रोनाल्डो प्रिमियर लिग फर्कन तयार रहेको समेत जनाईएको छ ।
रोनाल्डोले म्यानचेस्टर युनाईटेडबाट २००३ देखि २००९ सम्म खेलेका थिए । रोनाल्डो २००९ मा स्पेनिस क्लब रियल मड्रिड आएका थिए । रियलमा ९ सिजन बिताएर रोनाल्डो २०१८ मा युभेन्ट्स आएका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस