काठमाडौं उपत्यकामा थप एकसाता निषेधाज्ञा जारी राख्न सिफारिस
खबर एक्सप्रेस
२०७७-०५-०९ ०७:३० मा प्रकाशित
Total Shares: 635
काठमाडौं - जिल्लास्तरीय कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (डिसिसीएमसी)को बैठकले काठमाडौं उपत्यकामा थप एकसाता निषेधाज्ञा जारी राख्न सुझाव दिएका छन् ।
मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सिसिएमसीका पदाधिकारी र उपत्यकाका मेयरहरुबीचको बैठकले निषेधाज्ञाको समय एकसाता बढाउन सिफारिस गरेको हो । कन्ट्याक्ट ट्रेसिङ, पिसिआर जाँचको दायरा बढाउने र आईसोलेशन, क्वारेन्टाईन निर्माण कार्य अगाडि बढाउन पनि सुझाव दिइएको छ ।
सो सिफारिसबारे आवश्यक निर्णय लिन अहिले काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बसिरहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस