काठमाडौं-सहकारी ठगीको विषयमा छानबिन समिति बनाउन कार्यादेश (टीओआर) तय गर्न बनेको कार्यदलको बैठक सिंहदरबारमा सुरु भएको छ ।

दिउँसो ३ बजे बोलाइएको बैठक कार्यदलका संयोजक रहेका कानुन मन्त्री पदम गिरी पर्वतबाट फर्कँदा ढिलो सुरु भएको हो ।

संसदीय समिति गठन र संकटग्रस्त सहकारीबारे अध्ययन गर्न र सुझाव दिन कार्यदलमा सहमति छ ।

तर गृहमन्त्री रवि लामिछानेविरुद्ध छानबिन गर्ने भाषा टीओआरमा राख्न सत्तापक्षले अस्वीकार गर्दै आएको छ भने नेपाली कांग्रेसले गर्नैपर्ने अडान राखेको छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले संयोजन गर्ने कार्यदलमा नेपाली कांग्रेसबाट जीवन परियार, रमेश लेखक र ज्ञानेन्द्रबहादुर कार्की, नेकपा एमालेबाट महेश बर्तौला, नेकपा माओवादी केन्द्रबाट हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल सदस्य छन् ।