काठमाडौं,बाजुरा-बाजुराको मतगणना दिउँसो साढे ३ बजेबाट मतगणना हुने भएको छ। बिहीबार बसेको सर्वदलीय बैठकले साढे ३ बजेबाट मतगणना गर्ने निर्णय गरेको हो। 

निर्वाचन आयोगले बाजुरामा रोकिएको मतगणना पुनः गर्न बुधबार निर्णय गरेपछि बिहीबार बिहान सर्वदलीय बैठक बसेको थियो। नेकपा एमालेले चेतन ऐडीका हत्यारा पक्राउ गर्नुपर्ने र ऐडीको न्यायका लागि शान्तिपूर्ण आन्दोलनका बेला गिरफ्तार गरिएका युवाहरूलाई बिना सर्त रिहाइको माग गरेको छ। 

बाजुराको त्रिवेणी–७ को मतदानस्थलमा विवाद हुँदा दुई जनाको ज्यान गएको थियो।