काठमाडौं उपत्यकामा थप १५ दिन निषेधाज्ञा गर्ने निर्णय
काठमाडौं - काठमाडौं उपत्यकाका थप १५ दिन निषेधाज्ञा गर्ने निर्णय भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सो निर्णय गरेको हो ।
निषेधाज्ञाको समय १५ दिन थप्ने निर्णय गरिएको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । यससँगै जेठ १३ गतेसम्म निषेधाज्ञा हुने भएको छ । यसअवधिमा राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजनाबाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय भएको छ ।
यस्तै, उपत्यकामा विहान १० बजेसम्म किराना पसल र डिपार्टमेन्ट स्टोर खोल्न दिने निर्णय गरेका छन् ।
यसअघि पार्टी प्यालेसमा हुँदै आएको विवाह, ब्रतबन्ध र भोजजस्ता सबै कार्यक्रममा रोक लगाइएको छ । यसअघि जारी भएको निषेधाज्ञा भोलि मध्यरातमा सकिँदैछ ।
फेसबुक पेज Like गर्नुहोस