बाँस्कोटाको घरमा भएको बम विस्फोटको जिम्मा चन्द समूहले लियो
खबर एक्सप्रेस
२०७६-११-२८ ०३:२७ मा प्रकाशित
Total Shares: 332
काठमाडौं - बाँस्कोटाको निर्माणाधीन घरमा भएको बम विस्फोटको जिम्मा नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले लिएको छ ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद काण्डमा ७० करोड घूसमा मोलमोलाई गरेकोलगायत विभिन्न १० आरोप लगाउँदै विप्लव समूहले बास्कोटाको घरमा भएको विस्फोटको जिम्मा लिएको छ ।
बाँस्कोटाले सेटलाइट खरिद, फोर जी सेवा विस्तार, अप्टिकल फाइबर विस्तारमा करोडौँ रुपैंया भ्रष्टाचार गरेको, सरकारको प्रवक्ता पदको दुरुपयोग गरी देशभरका ठूला परियोजनाबाट अर्बौं घोटाला गरेको लगाएतका आरोप लगाइएको छ ।
फेसबुक पेज Like गर्नुहोस