काठमाडौंमा शुक्रबार थपिए ६ सय २० कोरोना संक्रमित
काठमाडौं - काठमाडौं उपत्यकामा जम्मा ६ सय ९६ संक्रमित थपिएका छन्। काठमाडौं उपत्यकामा शुक्बार ६ सय २० संक्रमित थपिएका छन्। त्यस्तै भक्तपुरमा ३८ र ललितपुरमा ३८ जना थपिएका छन्।
त्यस्तै देशभर गरिएको परीक्षणबाट पछिल्लो २४ घण्टामा१ हजार ४ सय ५४ जना संक्रमित थपिएका छन्।
आज देशभर १४ हजार ९ सय २५ सक्रिय संक्रमित रहेका मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए। त्यस्तै पछिल्लो एक दिनमा ९ सय ७२ जना संक्रमित कोरोनामुक्त भएका छन्। त्यस्तै ८ हजार २ सय ९१ जना संस्थागत आइसोलेसनमा रहेका गौतमले जानकारी दिए।
आज देशभर १० हजार ७ सय १ पिसिआर परीक्षण भएका उनले बताए। त्यस्तै हाल देशभरका क्ववारेन्टाइनमा ६ हजार ७८ जना बसेका छन्। साथै हालसम्म ७१ प्रतिशत संक्रमित कोरोनामुक्त भइसकेका छन्।
फेसबुक पेज Like गर्नुहोस