एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज, यस्ता छन् एजेण्डा
खबर एक्सप्रेस
२०७८-०७-२६ ०७:३३ मा प्रकाशित
Total Shares: 203
काठमाडौं - सत्ता गठबन्धनको साझेदार दल नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक आज बस्दैछ ।
नयाँबानेश्वरस्थित अर्पण बैंक्वेटमा दिउँसो २ बजे स्थायी कमिटी बैठक बस्न लागेकाे हाे । आठौँ बैठकले २७-२८ कात्तिकमा बस्ने केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकका प्रस्ताव अनुमोदन गर्ने उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
बैठकले एमालेसहित विभिन्न कम्युनिस्ट पार्टी परित्याग गरी प्रवेश गरेका, प्रवेश गर्ने तयारीमा रहेकालाई जिम्मेवारी र भूमिका दिन निश्चित मापदण्ड निर्धारण गरी केन्द्रीय कमिटीमा पेस गर्नेछ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस