विश्वमा १० करोड ३० लाख बढीका कोरोना संक्रमण
काठमाडौं,एजेन्सी - चिनको हुबेई प्रान्तस्थित वुहान शहरबाट गत वर्षको डिसेम्बरबाट विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वमा लाखौं मानिसले अकालमै ज्यान गुमाएका छन् ।
यो समाचार तयार पार्दासम्म विश्वमा १० करोड ३० लाख ९९ हजार २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै हालसम्म २२ लाख २७ हजार ६३७ जनाले यस भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन् । विश्वका ७ करोड ४७ लाख २५ हजार ४१४ संक्रमित निको भएका छन् ।
यसैगरी विश्वमा सबैभन्दा बढी संक्रमण देखिने तथा प्रभावित बनेको राष्ट्र अमेरिका हो । अमेरिकामा पछिल्लो २४ घण्टामा थप १ लाख ३६ हजार २७९ जनामा कोरोना पुष्टि भएको छ भने २४ घण्टाकै अवधिमा २ हजार ८८२ जनाले ज्यान गुमाएका छन् ।
हालसम्म २ करोड ६६ लाख ५१ हजार ५८७ जनामा कोरोनाले संक्रमण गराएको छ । ४ लाख ५० हजार ३७४ जनाले ज्यान गुमाएका छन् ।
यस्तै १ करोड ६३ लाख २२ हजार ९२८ संक्रमित निको भएका छन् । अन्य केही प्रभावित राष्ट्रहरुको अवस्था तल तालिकामा हेर्न सकिन्छ ।
फेसबुक पेज Like गर्नुहोस