अदालतको अवहेलना गरेको भन्दै वरिष्ठ अधिवक्ता त्रिपाठीविरुद्ध मुद्दा दायर
खबर एक्सप्रेस
२०८१-१०-११ ०१:४१ मा प्रकाशित
Total Shares: 85
काठमाडौं - बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीविरुद्ध अदालतको अवहेलना मुद्दा दायर भएको छ ।
सर्वोच्च अदालतको अवहेलना गरेको आरोपमा अधिवक्ता त्रिपाठीविरुद्ध मुद्दा दायर भएको हो ।
टेलिभिजन अन्तर्वार्तामा त्रिपाठीले अदालत र न्यायाधीशको अपमान हुने गरी अभिव्यक्ति दिएको भन्दै कारबाहीको मागसहित निवेदन परेको थियो ।
निवेदक दिलबहादुर राईले त्रिपाठीलाई अवहेलनामा हदैसम्म कारबाही माग गरेका छन् ।
निवेदनमाथि आइतबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुने भन्दै तारेक तोकिएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस