मोराटा चम्किँदा युभेन्ट्सको जित
खबर एक्सप्रेस
२०७७-११-२३ ०९:४७ मा प्रकाशित
Total Shares: 277
काठमाडौं,एजेन्सी - इटालियन सिरी एमा युभेन्ट्सले जित दर्ता गरेको छ । गएराति भएको खेलमा युभेन्ट्सले लाजियोलाई ३१ले पराजित गरेको हो ।
युभेन्टसको मैदानमा खेलको १४औं मिनेटमा जोआकिन कोर्रेयाले गोल गर्दै लाजियोलाई अग्रता दिलाएका थिए । तर, त्यसपछि ३९औं मिनेटमा एड्रिन राबिओटले गोल गर्दै युभेन्ट्सलाई खेलमा फर्काए ।
५७औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै युभेन्टसलाई २–१ को अग्रता दिलाए । त्यसपछि ६०औं मिनेटमा मोराटाले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सलाई ३-१ को जित दिलाए ।
जितसँगै तेस्रो स्थानमा रहेको युभेन्ट्सले २५ खेलमा ५२ अंक जोडेको छ । पराजित लाजियो ४३ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस