काठमाडौं - सरकारले आगामी आर्थिक वर्षको लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रूपैयाँको बजेट ल्याएको छ । 

यो चालु आवको लागि ल्याएको बजेटभन्दा करिब १० प्रतिशत बढी रहेको छ । 

उक्त बजेटका लागि करिब ५ खर्ब रुपैयाँ स्रोत अपुग रहेको अर्थमन्त्री जनार्दन शर्माको भनाई छ । 

अर्थमन्त्रीका अनुसार चालुतर्फ ७ खर्ब ५३ अर्ब ४० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

यस्तै, पूँजीगततर्फ ३ खर्ब ८० अर्ब ३८ करोड छुट्याइएको छ । वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ३० अर्ब २२ करोड र प्रदेश तथा स्थानीय तहमा ४ अर्ब २९ अर्ब ८३ करोड रकम विनियोजन गरिएको छ । 

उक्त बजेटका लागि राजस्वबाट १२ खर्ब ४० अर्ब ११ करोड रुपैयाँ प्राप्त हुने सरकारको अनुमान छ ।

यस्तै, ५५ अर्ब ४६ करोड वैदेशिक ऋण तथा अनुदान प्राप्त हुने सरकाले अपेक्षा लिएको छ । बजेटमा न्यूनः रु ४ खर्ब हुने देखिएको छ ।