काठमाडौं - देशभर मनसुनी वायुको प्रभाव र न्युन चापीय रेखा नेपालतिर सरेकाले केही दिन वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाले केही दिन देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्का वा मध्यम वर्षा हुने जनाएको हो ।

महाशाखाले आगामी तीन दिनका लागि जारी गरेको मौसम पूर्वानुमान यस प्रकार रहेको छ ।

साउन ५ गते (सोमबार)

दिउँसोः देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्का वा मध्यम वर्षा हुनेछ । देशका सबै प्रदेशहरुमा सामान्यादेखि भारी वर्षाको सम्भावना रहेको छ ।

रातिः देशभर पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

साउन ६ गते (मंगलबार)

दिउँसोः देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । प्रदेश १, २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका केही स्थानका साथै सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

रातिः देशभर पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । देशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

साउन ७ गते (बुधबार)

दिउँसोः देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

रातिः देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, २, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै, महाशाखाले देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएकाले नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान हुने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।