राष्ट्रपति निर्वाचनबारे निर्णय लिन राप्रपाको बैठक बस्दै
खबर एक्सप्रेस
२०७९-११-२३ १०:५२ मा प्रकाशित
Total Shares: 140
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कार्यसम्पादन समितिको बैठक बोलाएको छ । राष्ट्रपति निर्वाचनबारे निर्णय लिन बुधबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको हो ।
बैठकमा राष्ट्रपति निर्वाचनका सन्दर्भमा विभिन्न विकल्पमा छलफल हुने बताइएको छ । राष्ट्रपतिमा नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल र एमालेबाट सुवास नेम्वाङ उम्मेदवार छन् । मुलुकको सर्वोच्च पद राष्ट्रपतिको निर्वाचन यही २५ गते हुँदैछ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस