काठमाडौं - लमजुङको उत्तरी क्षेत्र खुदी भुलभुले केन्द्रविन्दु भएर पुनः भूकम्प गएको छ । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान ८ बजेर २६ मिनेटमा ५.३ म्याग्निच्युडको भूकम्प गएको हो । यसअघि उक्त क्षेत्रलाई नै केन्द्रविन्दु बनाएर बिहान ५ः४२ बजे ५.८ रिक्टर स्केलको भूकम्प गएको थियो । 

दुवैपटकको भूकम्पको धक्का लमजुङ, गोरखा, तनहुँ, कास्की, मनाङ, चितवन, धादिङ र काठमाडौँ उपत्यकामा समेत महसुस गरिएको थियो । भूकम्पको क्षतिबारे जानकारी प्राप्त भइसकेको छैन ।