कांग्रेस अनुशासन समितिको बैठक बस्दै
खबर एक्सप्रेस
१ घण्टा अगाडि
Total Shares: 48
काठमाडौं - नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दैछ । पार्टीको केन्द्रीय अनुशासन समितिले बैठक आह्वान गरेको हो ।
बैठक दिउँसो १ः०० बजे ललितपुरको बीपी नगरस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ ।
समितिमा झण्डै ७०० उजुरी परेका छन् । तिनै उजुरीउपर कारबाहीका लागि समितिको बैठकमा छलफल हुने बताइएको छ ।
सो बैठकमा समितिका संयोजक एवं सदस्यहरूलाई उपस्थित हुनका लागि अनुरोध गरिएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस