युरोकप; इटाली समूह विजेता, पराजित वेल्स अन्तिम १६ मा
काठमाडौं ,एजेन्सी - १६ औं संस्करणको युरोकप फुटबलमा इटाली समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ ।
रोममा आइतबार राति समूह चरणको अन्तिम खेलमा वेल्सलाई १-० गोल अन्तरले पराजित गर्दै इटाली समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो ।
ओलम्पिक स्टेडियममा १० खेलाडीमा समेटिएको वेल्सविरुद्ध इटालीलाई जित दिलाउन माटियो पेसीनाले निर्णायक गोल गरे ।
खेलको ३९ औं मिनेटमा माटियोले निर्णायक गोल गरेका हुन् । उनले मार्को भेराट्टीको फ्रिकिक पासमा गोल गरेका हुन् ।
यस जितसँगै समूह ‘ए’को इटालीले समूह चरणमा शतप्रतिशत जित निकालेको छ । इटालीले ३ खेलमा ९ अंक जोड्यो ।
इटालीसँग पराजित भएपनि वेल्स उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । समूह चरणमा पहिलो हार व्यहोरेको वेल्सले ३ खेलमा ४ अंक जोड्यो । र, समूहको दोस्रो स्थानमा रह्यो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस