काठमाडौं-नेपालले तेस्रो टी-२० खेलमा आयरल्याण्ड वुल्भ्समाथि ३ रनको रोमान्चक जित हात पारेको छ ।

२१४ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनायो ।

आयरल्याण्डका ग्यारेथ डेलानी ३७ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ६८ रन बनाए ।

मोर्गन टोपिङ ३७ बलमा ४ चौका र ४ छक्कासहित ६० रनमा पवन सरार्फबाट लङअनमा क्याच आउट भए ।

जारी शृंखलामा नेपालले यो सान्त्वना जित हासिल गरेको हो । तीन खेलको टी-२० शृंखला भने आयरल्यान्डले २-१ ले जित्यो ।

पहिलो र दोस्रो खेलमा आयरल्यान्ड विजयी भएको थियो ।