बसन्तपुरबाट पूर्व डिआईजी र कर्नेलसहित ४ दर्जन पक्राउ
काठमाडौं - प्रहरीले बसन्तपुरबाट सेनाका निवृत कर्नेल र पूर्व डिआईजीसहित ५० जनालाई गिरफ्तार गरेको छ ।
पक्राउ पर्नेमा पूर्व कर्नेल र पूर्व डिआईजी विजय भट्टसहित ५० जना रहेका छन् । ईन्द्रजात्राको अवसरमा बसन्तपुरमा राष्ट्रपति विद्यादेवी भण्डारी बसन्तपुरमा आउँदा विरोध प्रदर्शन हुने आशंकामा उनीहरुलाई पक्राउ गरिएको हो ।
प्रहरीले राष्ट्रपतिलाई कालोझन्डा देखाउने, विरोध प्रदर्शन गर्नेजस्ता गतिविधि हुन सक्ने आशंकामा पक्राउ गरिएको जानकारी दिएको छ।
अपरान्ह ४ बजे राष्ट्रपति विद्यादेवी भन्डारी आउने पूर्व निर्धारित तालिकालाई मध्यनजर गर्दै भष्ट्रचार विरोधी अभियान समूहको नेतृत्वमा दिउँसो १ बजे बसन्तपुरस्थित भुगोलपार्कमा कार्यक्रम आयोजना भएको थियो।
प्रहरीले पक्राउ परेका अधिकांशलाई प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा राखेर सोधपुछ गरिरहेको छ ।
फेसबुक पेज Like गर्नुहोस