प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे मिटरव्याज पीडितहरु
खबर एक्सप्रेस
२०७९-१२-१८ १०:५४ मा प्रकाशित
Total Shares: 88
काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न मिटरब्याज पीडित छलफल गर्न बालुवाटार पुगेका छन् ।
काठमाडौं आएर आन्दोलन गरिरहेका मिटरब्याज पीडितसँग छलफल गर्न प्रधानमन्त्री दाहालले भेट्न बोलाएपछि आज बिहानै उनीहरु सरकारी निवास बालुवाटर पुगेका हुन्।
सरकारले न्याय माग्न काठमाडौं आएका पीडितसँग वार्ता गर्नका लागि समिति बनाएको छ । बुधबार गृहमन्त्रालयले पीडितसँग वार्ता गर्न वार्ता समिति बनाएकाे थियाे ।
फेसबुक पेज Like गर्नुहोस