सिके राउतले मधेशी भाषामा शपथ खाएकोबारे मधेशी आयोगले सोध्यो स्पष्टीकरण
काठमाडौं-प्रतिनिधिसभा सदस्य चन्द्रकान्त (सिके) राउतले मधेशी भाषामा शपथ खाएकोबारे मधेशी आयोगले स्पष्टीकरण सोधेको छ। राउतसहित केही प्रतिनिधिसभा सदस्यहरुलाई बिहीबार मधेशी आयोगमा सूचीकृत नभएको मधेशी भाषामा शपथ गराएको भन्दै संघीय संसद सचिवालयलाई स्पष्टीकरण सोधेको हो।
राउतसहित केही प्रतिनिधिसभा सदस्यहरुले मधेशी भाषामा शपथ लिएको विषयमा उजुरी परेपछि आयोगले सचिवालयलाई स्पष्टीकरण आयोगका उपसचिव सविता डंगोलले जानकारी दिइन्।
हालसम्म भाषा आयोग प्रकाशित गरिएको ‘सरकारी कामकाजका भाषा सम्बन्धी सिफारिसहरू ‘२०७८’ र मधेशी आयोगमा ‘मधेशी भाषा’ सुचिकृत नभएको देखिएकोले उक्त भाषामा प्रतिनिधि सभाका सदस्यहरुले औपचारिक कार्यक्रममा शपथ लिनु गम्भीरताको विषय भएको आयोगको भनाइ छ।

.gif)




फेसबुक पेज Like गर्नुहोस