काठमाडौं - मोहित सूरी निर्देशित बलिउड फिल्म ‘मलंग’ बक्स अफिसमा रिलिज भएको दोस्रो हप्ता भयो। उसले राम्रो कमाइ गरिरहेको खबर भारतीय सञ्चार माध्यमले लेखेका छन्।

यो फिल्मले बक्स अफिसमा ५० करोड भारु अर्थात् नेपाली झन्डै ८० करोड रुपैयाँ कमाएको छ। ट्रेड एनलिस्ट रमेश बालाले मलंगलाई हिट फिल्मको दर्जा दिएका छन्।

यो फिल्म सन् २०२० मा तेस्रो हिट फिल्म बन्न सफल भएको छ।  मलंगमा अनिल कपूर, आदित्य राय कपूर, कुणाल खेमू र दिशा पाटनी मुख्य कलाकार छन्।